फाइल तस्वीर
काठमाडौं– गएरातिदेखिको अबिरल वर्षासँगैको पहिरोेले हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।
मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न स्थानमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।यसअघि पनि रातो पहरोमा पहिरो जाँदा बारम्बार राजमार्ग अवरुद्ध हुँदै आएको थियो।
मेलम्ची नगरपालिका १२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
सडकका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा खहरेले लेदो थुपारेको छ।
लगातार वर्षासँगै पपिहरो खसिरहेकाले रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सकिने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।