काठमाडौं– मनसुन बिस्तारै कमजोर बन्दै गए पनि देशका केही स्थानमा अझै सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको विभागको भनाइ छ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको दाबी छ। प्रदेश १, बामती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ।
भारी वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको समेत विभागको भनाइ छ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।