काठमाडौं– फिलिपिन्सले नेपाल, भारत, पाकिस्तानलगायत १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
कोभिड–१९ संक्रमण नियन्त्रण नभए पनि खोपका कारण भयावह अवस्था नरहने निश्कर्षका साथ सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको फिलिपिन्सका सरकारी अधिकारीले जनाएका छन्।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको प्रतिबन्ध हटाइएको हो। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका हुन्।
एशियाली यी सबै देशहरूबाट आउने फिलिपिन्स आउने यात्रुहरूका लागि फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले जानाकारी दिएका छन्।
फिलिपिन्स आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने बताइएको छ।
फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिसा बहाकबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ।
फिलिपिन्सले भारतलगायत यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।