काठमाडौं- न्युजिल्यान्ड सरकारले आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्ने भएको छ। प्रधानमन्त्री जसिन्डा आर्डर्नले शुक्रबार अकल्याण्डमा प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले चक्कु आक्रमण गरेपछि आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्दै कडाई गरिने वाचा गरेकी हुन्।
श्रीलंकाली नागरिकले एक सुपरमार्केटमा सात जनालाई चक्कु प्रहार गरेका थिए। उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ।
‘इतिहास परिवर्तन भयो भने भविष्य बदल्न सकिन्छ,’ उनले भनिन्।
उक्त आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको थियो। प्रहरीका अनुसार ती आक्रमणकारी ३२ वर्षीय तामिल अहमद अथिल मोहम्मद ससुदेन हुन्, जो २०११ मा न्यूजील्याण्ड आएका थिए र शरणार्थीको रुपमा अधिकार माग्दै आएका थिए।
चक्कु प्रहारलाई आतंकवादी हमला भनेर परिभाषित गरेकी आर्डर्नले सेप्टेम्बरको अन्त्यसम्ममा आतंकवाद विरोधी कानुनमा परिवर्तन गर्ने जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।