काठमाडौं- युरोपियन युनियनले तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने काम गर्न नहुने बताएको छ।
स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि विदेश नीति प्रमुख जोसेफ बरेलले उक्त कुरा बताएका हुन्।
उनले तालिबानले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि बताएका छन्।
यी शर्त पालना गरे तालिबान सरकारलाई सहयोग गर्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।