काठमाडौं- भारतको देहरादूनस्थित डोईवाला कोतवाली इलाकाको लाल तप्पड औद्योगिक क्षेत्रको एउटा कारखानामा शनिबार दिउँसो अचानक भीषण आगलागी भएको छ।
आगलागीका कारण कारखाना भित्र काम गरिरहेका मजदूरबीच भागदौड मच्चिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार मेसर्स खुराना ब्रदर्सको लिसा कारखानामा आगलागी भएको हो। कोतवाली प्रहरी आगो लागेको केही बेरमै घटनास्थलमा पुगेको थियो।
देहरादूनका मुख्य अग्नि अधिकारी राजेन्द्र सिंह खातीले आगो निभाउने प्रयास जारी रहेको बताए।
धुवाँ र आगोको मुस्लो लगातार कारखानाबाट उठिरहेका छन्। आगो तीव्र गतिमा फैलिरहेको कारण नियन्त्रणमा लिन नसकिएको उनले बताए।
आगलागी हुँदा कारखाना भित्र धेरै मजदुरहरु काम गरिरहेका थिए। दुर्घटनाबाट भएको क्षति र हताहतको यकिन हुन बाँकी छ।
उत्तराखण्ड प्रहरीले एक ट्वीट गर्दै भनेको छ, ‘आगो नियन्त्रणको लागि अग्नि सेवा र प्रहरीहरु घटनास्थलमा उपस्थित छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।