काठमाडौं- अफगानिस्तानस्थित पंजशीरको भविष्य अहिलेपनि अध्यारोमा छ। पंजशीर र तालिबान लडाकुबीचमा लडाइँ जारी छ।
तालिबान स्रोतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाए अनुसार उनीहरुले उक्त क्षेत्रमा कब्जा गरेका छन्। तर पंजशीरमा तालिबानविरुद्ध लडेकाहरुले भने यसलाई इन्कार गरेका छन्।
पंजशीरमा तालिबानको विरोध गरिरहेका एनआरएफमा हालसालै सहभागी भएका देशका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले उक्त दाबीलाई खारेज गरिदिएका थिए। जसमा भनिएको थियो कि उनी त्यहाँबाट भागेका छन्। तर उनले स्थिति निकै गारो भएको स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।
पंजशीरमा जारी लडाइमा अहिलेसम्म सयौं मानिस मारिएको समाचारहरु आएको बीबीसीले जनाएको छ।
राजधानी काबुलबाट उत्तरमा अवस्थित यो घाटी अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो र अहिले यो मात्र एक यस्तो प्रान्त बाँकी रहेको छ जो तालिबानको कब्जामा आएको छैन।
सन् १९९६ बाट २००१ सम्म तालिबानको शासनको समयमा पनि यो क्षेत्र उनीहरुको नियन्त्रणमा थिएन।
यहाँ करिब २ लाख जनसंख्या रहेको र चारै तिरबाट ९ हजार ८ सय फिट अग्गा पर्वतले घेरिएको छ। यसको बीचबाट पंजशीर नदी बग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।