काठमाडौं- कैलालीमा विङ्गर र अटो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको गरेको से १ ह २५१० नम्बरको अटो राति करिब ११ बजे एकआपसमा ठोक्कि अटोमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका – ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन्। उनीहरूको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अटोमा सवार सातै जना घाइते भएका थिए । घाइतेको तत्काल उद्धार गरी उपचारका लागि धनगढी लगिएकोमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते घोडाघोडी–९ कै २४ वर्षीय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरि चौधरी छन् ।
घाइते चारै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। ठक्कर दिने विङ्गरका सहचालक कञ्चनपुर बेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।