काठमाडौं- हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही तल रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्य वदली रही प्रदेश नं १, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।