काठमाडौं- पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानी जनताद्वारा समर्थित सरकारलाई समर्थन गर्ने बताएका छन्।
इस्लामाबादमा बेलायतका विदेश सचिव डोमिनिक राबसँगको भेटमा उनले उक्त कुरा बताएका हुन्।
‘पाकिस्तानले अफगानिस्तानलाई आफ्नो भविष्यको निर्णय गर्न भनेको छ। हामी अफगानिस्तानका जनताको समर्थन भएको सरकारलाई समर्थन गर्नेछौं,’ उनले भने।
उनले आफ्नो सरकारको ध्यान अफगानिस्तानका जनतामा रहेको बताएका छन्। ‘हामी अफगानी जनतालाई मद्दत गर्न चाहन्छौं। हामीलाई लाग्छ उनीहरु पीडित छन्। उनीहरु दशकौंदेखि पीडित छन्,’ उनले भने।
उनले अफगानिस्तानका लागि ४० मिलियन डलर कोष थप गर्न पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।