काठमाडौं- तालिबानले नयाँ सरकार घोषणा गर्ने कार्यक्रम स्थगन भएको छ। तालिबानले शुक्रबार अफगानिस्तानमा सरकार घोषणा गर्ने तयारी गरेकाे थियाे।
तर, तालिबानका शीर्ष नेताले कार्यक्रम स्थगन गरेको बताइएको छ। अब नयाँ सरकार घोषणा भोलि हुनसक्ने सम्भावना छ।
यता, रुसले अफगानिस्तान सरकारका सम्भावित तालिबान सदस्यहरुसँग सम्पर्कमा रहेको समाचार एजेन्सी आरआईएले जनाएको छ।
तालिबान सह-संस्थापक मुल्ला बरादरले अफगानिस्तानको नयाँ सरकारको नेतृत्व गर्नेछन्, जुन चाँडै घोषणा गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।