फाइल तस्वीर
काबुल- कतारी परराष्ट्र मन्त्रालयका अधिकारीहरु काबुल आइपुगेका छन्। काबुल विमानस्थलमा आतंकवाद विरोधी र द्वन्द्व समाधानका लागि मध्यस्थताको भूमिका खेलेका कतारी विदेशमन्त्रीका विशेष दूत मुतलक बिन मजेद अल काहतानीसहितको टोली अफगानिस्तान आइपुगेका हुन्।
उनीहरुले तालिबानको कब्जाबाट विमानस्थल फिर्ता ल्याउने र सञ्चालनमा सहयोगी भूमिका खेल्न छलफल गर्ने आकलन गरिएको छ।
‘हामीले विमानस्थल पुन: खोल्नको लागि धेरै प्राविधिक पठाएका छौं र तार्किक चुनौतिहरुको समाधान खोजिरहेका छौं,’ उनले भने।
कतार र टर्कीले पहिले नै प्राविधिक टोली काबुल पठाइसकेका छन्।
‘हाम्रो प्रयास पूर्ण वा आंशिक रुपमा विमानस्थल सञ्चालनको लागि हुनेछ। यसले काबुल एयरपोर्टमा अधिक उडानहरुलाई मद्दत गर्नेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।