काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको ‘पोस्ट ग्र्याजुएट लाइसेन्स’को परीक्षामा ७० दशमलव ९२ प्रतिशत परीक्षार्थी (चिकित्सक) उत्तीर्ण भएका छन्।
काउन्सिलले शुक्रबार लिएको परीक्षामा जम्मा ४८० जना परीक्षार्थी थिए। जसमध्ये ४७८ जना मात्रै परीक्षामा सहभागी भएका काउन्सिलले जानकारी दिएको छ।
परीक्षामा सहभागी भएकामध्ये ९ जना परीक्षार्थीको नतिजा रोक्का गरिएको छ भने ३३९ जना जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा १३० जना अनुत्तिर्ण भएका काउन्सिलले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।