काठमाडौं- अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
संवेदनशील क्षेत्र दूतावास अघि नाराबाजी गरिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ।
पक्राउ पर्नेहरुमा निर्ग जैसी, सम्राट थापा, जनक ढुंगानालगायत छन्। जैसी माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।