• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

टिभी बिक्रेतामा विश्वकप फुटबलको उत्सव, कुन ब्रान्डको टिभीमा कस्तो अफर?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  १२:४२
1140x725

काठमाडौं- रसियामा हुने विश्वकप फुटबल खेल नजिकिएसँगै फुटबल पारखीहरु उत्साहित हुने गरेका छन्। तर, अब विश्वकप खेल दर्शकका लागि मात्रै उत्सवमा सीमित रहेन। टेलिभिजन बिक्रेताहरुका लागि पनि विश्वकप उत्सव बनेर आएको छ।

फुटबलप्रेमी नेपाली दर्शकहरुको ठूला स्क्रिनमा टेलिभिजन हेर्ने मोह बढेसँगै विश्वकपलाई नै लक्षित गरेर विभिन्न ब्रान्डका टिभीले नयाँ भर्सनको टिभी सेटहरु सार्वजनिक गर्ने क्रम बढेको छ। जसका कारण टेलिभिजनका शोरुमहरुमा खरिदकर्ताको भिड देखिएको छ।

कान्तिपथस्थित सोनीको शोरुममा भेटिएका राष्ट्र बैंकका कर्मचारी पदमराज जोशीले विश्वकप हेर्नकै लागि ठूलो स्क्रिन भएको टेलिभिजन किन्न आएको बताए। 

नयाँबजार बस्ने प्रेमबहादुर खत्री पनि विश्वकपका लागि विभिन्न ब्रान्डका टेलिभिजनले ल्याउने छुटका अफर हेरेर टेलिभिजन किन्ने सोचमा छन्। ‘यसपटकको विश्वकप ठूलो स्क्रिनमा हर्ने सोच बनाएको छु। छुट अफरलाई हेरेर चाँडै खरिद गर्ने प्लान छ,' उनले भने।

विश्वकपको अवसर छोपेर विभिन्न ब्रान्डका टिभीमा टेलिभिजन खरिदमा विभिन्न किसिमका योजना तथा छुटको व्यवस्था ल्याउने होड नै चलेको छ। 

यस्ता छन् विश्वकप लक्षित अफर

एलजी : ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर
एलजीले विश्वकप फुटबललाई लक्षित गरेर ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कान्तिपथ शोरुमका शोरुम म्यानेजर सुदिप खतिवडाले कम्पनीले विश्वकपलाई नै लक्षित गरेर एलजीका टेलिभिजनको खरिदमा इन्टरनेट सुविधासमेत दिनेगरी योजना बनाएको बताए। एलजी टेलिभिजनको खरिदमा फ्रि भायनेट इन्टरनेट ३ महिनाका लागि दिइने तथा फ्रि नेट टेलिभिजन लाइभ च्यानलहरु पनि पाउने कम्पनीले व्यवस्था गरेको उनले बताए। यसैगरी ग्राहकले हरेक हप्ता ४३ इन्चको एलजी स्मार्ट टिभी पनि लकी ड्रबाट पाउनेछन्। आफ्ना हरेक क्याटेगोरीका एलइडी टिभी सुपर युएचडी टिभी, युएचडी टिभी, स्मार्ट टिभी तथा नर्मल एलइडी टिभीमा सुपर डिसकाउन्ट अफर ल्याएको कम्पनीले जनाएको छ।

विश्वकपलाई लक्षित गरेर नेपालमा नै सबैभन्दा ठूलो ८६ इन्चको स्क्रिन भएको टिभी पनि आफूहरुले ल्याएको खतिवडाले बताए। 

विश्वककप फुटबल नजिकिएसँगै शोरुममा १० प्रतिशतले व्यापार बढेको उनी बताउँछन्। एलजीको विभिन्न मोडलका १७ हजारदेखि १८ लाख रुपैयाँसम्मको टिभी बजारमा रहेको उनले बताए। 

सोनी : ५५ इन्चको टिभीमा विशेष अफर
सोनीले ५५ इन्चको टेलिभिजनमा विशेष अफर ल्याएको जनाएको छ। सोनीको कान्तिपथ शाखाका शोरुम म्यानेजर रोमन अवालले ३ लाख २५ हजार मूल्यको ५५ इन्चको टिभी १ लाख ९० हजारमा बिक्री गर्न लागेको बताए। साथै सोनीको टेलिभिजन खरिदमा २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको उनको भनाइ छ।

हाल बजारमा ३५ इन्चदेखि ६५ इन्चसम्मका सोनीका टेलिभिजन छन्। उक्त टेलिभिजनको मूल्य ४६ हजार ५ सयदेखि १० लाख ७५ हजारसम्म रहेको उनले बताए। 

सामसुङ : ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर
सामसुङले भने टेलिभिजन खरिदमा ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ। साथै टेलिभिजन खरिदमा विभिन्न ४ कम्पनीको टिकट खरिदमा छुटको व्यवस्था ल्याएको सामसुङको दरबारमार्ग शोरुमका सेल्स म्यानेजर सुजन पराजुलीले बताए। 

अहिले सामसुङले बजारमा २४ इन्च देखि ६५ इन्चसम्मको टेलिभिजन बजारमा रहेको छ। ती विभिन्न मोडलको टेलिभिजनको मूल्य २३ हजारदेखि ६ लाखसम्म पर्ने उनले बताए। 

त्यस्तै स्काई वर्थ टेलिभिजनले पनि विश्वकप फुटबललाई लक्षित गरेर २५ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ। टेलिभिजनले जेठ १ गतेदेखि उक्त क्यास ब्याक अफर ल्याएको जनाएको छ। 

यता, टिसिएलले पनि विश्वकप फुटबललाई लक्षित गरेर टेलिभिजन खरिद गर्दा २५ प्रतिशतसम्म छुट अफर ल्याएको जनाएको छ।  

नेपाली समयअनुसार जेठ ३१ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्