काठमाडौं- चिनियाँ विदेश मन्त्रालयले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको भनाइलाई समर्थन गर्दै अमेरिका अफगानिस्तानमा ‘लोकतन्त्र लागू गर्न असफल’ रहेको टिप्पणी गरेको छ।
रूसी राष्ट्रपति पुटिनले अफगानिस्तानमा अमेरिकाको २० वर्ष लामो अभियानबाट ‘शून्य’ परिणाम हासिल भएको बताएका थिए।
चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग बेबिङले पत्रकारसँगको कुराकानीमा भने, “राष्ट्रपति पुटिनको दृष्टिकोण अमेरिकालाई गहिरोसँग सोच-विचार गर्नका लागि पर्याप्त छ। अफगानिस्तानको स्थितिले देखाउँछ कि, यदी बाहिरबाट लोकतन्त्रको ढाँचा लागू गर्ने वा थोपर्ने कोशिश हुन्छ भने त्यसले मात्र अराजकता र उथल-पुथल ल्याउँछ। अन्त्यमा असफलतामात्र हुनेछ।”
वाङले पुटिनको टिप्पणीमा प्रतिक्रिया दिँदै अमेरिकाको ‘सैन्य हस्तक्षेपबाट केवल त्रास फैलिएको र कयौंको जीवन गएको' बताए। अमेरकाको २० वर्ष लामो युद्धबाट अर्को देशमा विदेशी मूल्य लागू गर्न असम्भव छ भन्ने देखिएको उनको टिपप्णी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।