काठमाडौं- बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतले तालिबान सरकारलाई मान्यता नदिने घोषणा गरेका छन्। तर, उनीहरुसँग सीधा सम्पर्क आवश्यकता रहेको राबले बताए।
कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि बेलायती विदेशमन्त्रीले भने, ‘मलाई लाग्छ तालिबानलाई हामीले जुन आत्मविश्वास दिएका थियौं, त्यसका लागि उनीहरुसँग सम्पर्क र वार्ता आवश्यक छ।’
राबको भ्रमणको मुख्य उद्देश्य अफगानिस्तानबाट बेलायती र आफ्ना कर्मचारीहरुलाई सहयोग गर्ने अफगान जनतालाई निकाल्ने व्यवस्था गर्नु थियो। जसलाई कतार सरकारले सहयोग गर्न सक्छ,। कतारको तालिबानसँग सम्बन्ध राम्रो रहेको छ।
उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको त्यहाँ बाँकी रहेका ब्रिटिश नागरिकहरुका साथै ती अफगानिस्तानहरु जो बेलायतका लागि काम गरिरहेका छन् वा जो जोखिममा छन् उनीहरुको उद्धार गर्नु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।