काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेपछि विमानस्थल सञ्चालन गर्न अर्को प्राविधिक टोली काबुल आइपुगेको छ।
बिहीबार कतारी विमान दोस्रो प्राविधिक विशेषज्ञहरु लिएर काबुल आइपुगेको अलजजिरा अरबीले जनाएको छ।
विज्ञहरुको समूहले तालिबानसँग काबुल विमानस्थल जतिसक्दो चाँडो खोल्ने बिषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
अफगानिस्तानको नागरिक उड्डयन प्राधिकरणले यसअघि कतारसँग हवाई यात्रा सञ्चालनमा सहयोग गरिदिन आग्रह गरेको थियो।
बुधबार पनि एक कतारी विमान विज्ञ टोली लिएर काबुल आएको थियो।
यद्यपि, प्राविधिक सहायता प्रदान गर्ने सम्बन्धमा कुनै अन्तिम सहमति नभएको बताइएको छ। कतारको प्राविधिक टोलीले अन्य पक्षको अनुरोधको आधारमा यस बिषयमा छलफल सुरू गरेको छ।
राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा तालिबानले मंगलबार बिहान विशेष सेना तैनाथ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।