काठमाडौं- तालिबानका प्रवक्ता सुहैल शाहिनले एक मुस्लिमको हैसियतमा भारतको जम्मू–कश्मीरका लागि आवाज उठाउने अधिकार आफूहरूसँग रहेको बताएका छन्।
दोहाबाट बीबीसीसँग भर्चुअल भिडिओ अन्तर्वार्ता दिँदै प्रवक्ता शाहिनले जम्मू–कश्मीर मात्रै नभई कुनै अन्य देशका मुस्लिमको बारेमा पनि आवाज उठाउने अधिकार आफूसँग रहेको बताएका हुन्।
‘तपाईंहरूको कानुनअनुसार उनीहरू बराबर छन्। तर मुस्लिमको हैसियतमा भारतको कस्मिर वा कुनै अन्य देशका मुस्लिमका लागि आवाज उठाउने अधिकार हामीसँग छ,’ उनले भने।
जम्मू–कश्मीर पछिल्लो चार दशकदेखि भारत–पाकिस्तान विवादको केन्द्रमा छ। अहिले पाकिस्तानसमर्थित तालिबानले अफगानिस्तान कब्जा गरेको छ।
अन्तर्राष्ट्रिय माध्यमहरुका अनुसार सन् २०१४ पछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मुसलमानविरुद्ध घृणा बढेको छ।
जम्मू–कश्मीरको स्वायत्तता अन्त्य गर्ने मोदी सरकारको निर्णयप्रति त्यहाँका मानिस आक्रोशित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।