काठमाडौं- अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पंजशीरबाट तालिबानको प्रतिरोध जारी रहने र पूरै अफगानिस्तानका मानिसको हकको रक्षा गर्ने जनाएका छन्।
सालेहले फेसबुकमा "तालिबानमाथि प्रतिक्रिया" शीर्षकमा एक पोस्ट गरेका छन्।
उनले लेखेका छन्, 'हाम्रो प्रतिरोध सबै अफगान नागरिको अधिकारको रक्षाका लागि हो। विरोधी पंजशीरमा छन्। तर उनीहरुले केवल पंजशीरका लागि प्रतिरोध गर्ने छैनन्, आज यो स्थान अफगानिस्तानको स्वागत गरिरहेको छ। सबै अफगानीका लागि एक अपेक्षा छ जो दमन, बदला, विद्वेष, मानिसको सम्पत्तिमा दख्खल र कमजोर सोचलाई बताउन चाहन्छ।'
उनले तालिबानीहरुलाई भनेका छन्, 'यदी देशले तिमीहरुलाई केही मात्रामा भएपनि भरोसा गर्छ भने सीमा किन मानिसहरुको लामो लाइन लागेको छ जो आफ्नो सबै छाड्न तयार छन् तर तिमीहरुको नियन्त्रणमा रहन चाहँदैनन्।"
अफगानिस्तानमा अपदस्थ प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेह पंजशीरमा छन् र उनले तालिबान विरुद्ध आवाज उठाइरहेका छन्। उनले स्वयंमलाई कार्यवाहक राष्ट्रपति घोषित गरेका छन् र तालिबानसँग सम्झौता न गर्ने बताएका छन्। हजारौं तालिबान विरोधी ल डाकुले अहिलेपनि मोर्चाबन्दी गरिरहेको उनी बताउँछन्।
पूर्व कमान्डर अहमद शाह मसूदका छोरा अहमद मसूद पनि पंजशीरमा छन् र उनीसँग हजारौं मानिस रहेका छन्।
उनले तालिबानसँग कुरा गर्नका लागि आफूहरु तयार रहेको र 'आवश्य पर्दा यद्धका लागि पनि तयार' रहेको बताएका छन्।
पंजशीर घाटी काबुलबाट लगभग ५० किलोमीटर टाढा छ र त्यहाँ जाने बाटो निकै असहज छ।
पंजशीरको अफगानिस्तानमा निकै महत्व छ।
तालिबानले अफगानिस्तानमा उनका विरोधीको एकमात्र गढ पंजशीर घाटीका लडाकुसँग हतियार बिसाउन भनेका छन्।
तालिबानका एक वरिष्ठ नेता आमिर खान मुक्तकीले बुधवार पंजशीरका मानिससँग उनीहरुका विरोधीसँग लड्न बन्द गर्नका लागि सम्झाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।