काठमाडौं- उत्तर कोरियाले कोरोनाविरुद्धको चिनियाँ खोप लिन अस्वीकार गरेको छ। संयुक्त राष्ट्र संघकाका अनुसार उत्तर कोरियाले उसलाई उपलब्ध गराउने भनिएको लगभग ३० लाख डोज कोभिड -१९ विरुद्धो खोप अन्यत्र दिन भनेको बीबीसीले उल्लेख गरेको छ।
संयक्त राष्ट्र संघका एक प्रवक्ताका अनुसार विश्वका कयौं देश कोभिड महामारीसँग जुधिरहेको र खोपको कमी रहेको छ। यस अवस्थालाई हेरेर उत्तर कोरियाले आफूलाई उपलब्ध गराउने भनेको खोप अन्य देशमा दिन भनेको हो।
यो खोप विश्व भ्याक्सिन कार्यक्रम अन्तर्गत उत्तर कोरियालाई उपलब्ध गराइएको थियो। उत्तरलाई चीनमा बनेको सिनोभ्याक खोप उपलब्ध गराउन लागिएको थियो। कोभ्याक्स कार्यक्रमको उद्देश्य विश्वका गरिब देशमा भ्याक्सिनको आपूर्ति गर्नु हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार १९ अगस्टसम्म उत्तर कोरियाले कोभिड -१९ को कुनै पनि केस दर्ता गरेको छैन।
डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा उत्तर कोरियामा ३७२९१ मानिस जसमा स्वास्थ्यकर्मी र त्यस्ता मानिस सहभागी थिए जसलाई फ्लू जस्तो बिरामीको लक्षण देखिएको थियो। तर परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको थियो।
उत्तर कोरियामा कोभिडको स्थितिको बारेमा स्पष्टरुपमा केही सार्वजनिक भएको छैन। उत्तर कोरियाको दाबी अनुसार उसले महामारीको शुरुआतबाट नै कडा उपाय अवलम्बन गरेको थियो। गत वर्ष महामारी सुरू भएसँगै आफ्नो सीमाहरु बन्द गर्नेमा पहिलो देश उत्तर कोरिया थियो।
उत्तर कोरियाले खोप लिन अस्वीकार गरेको यो पहिलो पटक भने होइन। यस अघि जुलाईमा नकारात्मक प्रभाव पर्ने भन्दै उत्तरले एस्ट्राजेनेका खोपको लगभग दुई मिलिन डोज लिन अस्वीकार गरेको थियो।
उत्तर कोरियाले खोपलाई लिएर सन्देश जनाउँदै आएको छ। उत्तरका सरकारी सञ्चारमाध्यमहरुमा अमेरिका या यूरोपमा बनेको भ्याक्सिनको नकारात्म प्रभावबारेको समाचार प्राथमिकताका साथ प्रकाशन हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।