फाइल तस्वीर
काठमाडौं– अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई ‘निर्दयी समूह’ समुहको संज्ञा दिउका छन्।
उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको उनको भनाइ छ। तालिबानलाई सत्ताच्युत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मंगलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो।
यो सँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ।अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ र उसले नयाँ सरकार घोषणा गर्ने ठानिएको छ।
अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन्।
अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको थियो।
बुधवारको पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उक्त व्यापक उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा गरेको समाचारमा उल्लेख छ।
अझै अफगानिस्तानमा करिब २ सय अमेरिकी रहेको अनुमान अमेरिकाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।