काठमाडौं- जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असुरक्षित रहेको ठहर गरेको छ।
तालिबान विद्रोहीहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्यौलता सृजना भएकाले विदेशी कूटनीतिक निकायहरुले अफगानिस्तानमै रहेर काम गर्न असुरक्षित मानिएका हुन्।
योसँगै अफगानिस्तानमा रहेको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको जापानका विदेशमन्त्री तेशिमित्सु मोतेगीले पुष्टि गरे।
तालिबान विद्रोहीहरुको सरकारप्रति आशङ्का र त्रास व्यक्त गर्दै अफगानिस्तानबाट अहिले हजारौँ विदेशी तथा स्वदेशी नागरिकले देश छाडेका छन् ।
धेरै देशहरुले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता गराइरहेका बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।
अफगानिस्तानस्थित दूतावासको काम अहिले पनि अस्थायी रुपमा टर्कीको राजधानी स्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको छ।
‘तालिबानका अधिकारीहरुसँग कुराकानी गर्नुपरेमा दोहामै उनीहरुको राजनीतिक कार्यालय रहेकाले त्यहीँ पनि छलफल गर्न सकिन्छ,’ विदेशमन्त्री मोतेगीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।