काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार बढी पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ६० जनाको मृत्यु भएको छ। यससँगै कोरोना कारण भारतमा ४ लाख ३९ हजार बढीको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ६५ करोड ४१ लाख बढीले कोरोना विरुद्धो खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।