काठमाडौं- अमेरिकाको अन्तिम विमान काबुलबाट उडिसकेको छ। तर, अफगानिस्तानमा अझै पनि कयौं विदेशी नागरिक रहेका छन्।
जसमा कयौं बेलायती नागरिकका साथमा गठबन्धन सेनालाई सहयोग गर्ने अन्य अफगानी पनि रहेका छन्।
बेलायतले आफ्ना नागरिक र अफगानीलाई त्यहाँबाट सुरक्षित निकाल्नका लागि तालिबानसँग वार्ता गरिरहेको छ।
आफ्ना र सहयोगीलाई सुरक्षित रुपमा निकाल्न बेलायती अधिकारी र तालिबानी सदस्यबीच कुराकानी भइरहेको बीबीसीले जनाएको छ। दुबै पक्षबीचको यो कुराकानी दोहामा भइरहेको जनाइएको छ।
करिब डेढ सयदेखि साढे २ सय मानिस अफगानिस्तानमा रहेको जनाइएको छ।
बेलायत तालिबान वार्ताबारे टिप्पणी गर्दै टेन डाउनिंग स्ट्रीटका प्रवक्ताले भने, "अफगानिस्तानमा भइरहेको परिवर्तनको सन्दर्भमा प्रधानमन्त्रीका विशेष प्रतिनिधि साइमन गास दोहा पुगेका छन्। त्यहाँ तालिबानका वरिष्ठ प्रतिनिधिसँग बैठक गरिरहेका छन्। ताकि बलायती नागरिक र बेलायतका लागि काम गर्नेहरुलाई अफगानिस्तानबाट सुरक्षित ल्याउने सुनिश्चितता गर्न सकियोस्। यसमा बेलायती नागरिक र बेलायतीसँग लगातार २० वर्षदेखि काम गरिरहेका अफगानी नागरिक छन्। "
मंगलवार विदेश सचिव डमिनिक राबले बेलायतले अहिलेसम्म करिब १७ हजार भन्दा धेरै मानिसलाई अफगानिस्तानबाट ल्याइएको र त्यसमध्ये ५ हजार भन्दा धेरै बेलायती नागरिक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।