काबुल, अफगानिस्तान- अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन्। उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे।
अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तर्राट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिबान समूहको विजय अफगान सबैको विजय भएको’ बताएको अल जजिराले उल्लेख गरेको छ।
'अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेमा हामीलाई कुनै शंका छैन,' उनले भने।
अमेरिकीहरूले सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दाबी गर्दै आगामी दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कूटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए।
अफगानीहरूले आफ्नो स्वतन्त्रता र इस्लामी मूल्यमान्यताको रक्षा गर्ने उनले बताए। अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलबार अमेरिकी समयअनुसार दिउँसो ३:२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी-१७ उडेसँगै सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।