काठमाडौं- तालिबानले सत्ता कब्जा गरेर अमेरिकी सेना फिर्ता भएसँगै अल कायदाका नेता ओसामा बिन लादेनका पूर्व सुरक्षा प्रमुख अमीन उल हक अफगानिस्तान फर्किएका छन्।
हक घर फिर्ता भएको एक भिडियो सार्वजनकि भएको छ। नाङ्गरहार प्रान्तमा ठूलो संख्यामा मानिसहरु हकको सवारीको दायाँबायाँ उभिएका छन्।
तालिबानले यसै महिना राजधानी काबुल कब्जा गर्नुभन्दा पहिला पहिला नाङ्गरहार प्रान्तको राजधानी जलालाबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
अमीन उल हक र ओसामा बिन लादेन एक साथ भागेका थिए जब अमेरिकाले तोरा बोराको गुफामा बम प्रहार गरेको थियो। त्यहाँ उनीहरु लुकेका थिए।
२०११ मा अफगानिस्तानमा अमेरिकाको हमलापछि लादेन र अरु अल कायदाका नेता पाकिस्तानको सीमासँग जोडिएको तोरा बोराको पहाडी क्षेत्रमा लुकेका थिए।
लादेन त्यहाँ लुकेको समयमा अल कायदाका नेताको सुरक्षा व्यवस्थाको मुख्य जिम्मेवारी अमीन उल हकको थियो।
२० वर्ष पहिला अफगानिस्तानमाथि अमेरिकाको हमलाको मुख्य कारण अल कायदाका नेता ओसामा बिन लादेनको उपस्थिति थियो।
अमीन उल हक पनि पाकिस्तानमा २००८ मा पक्राउ परेका थिए तर उनी २०११मा रिहा भएका थिए।
रिपोर्टका अनुसार हकको नाम अहिलेपनि अमेरिकी सरकारको विशेष अन्तरराष्ट्रीय आतंकवादिको सूचीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।