काठमाडौं- अमेरिकी सेनाले अफगानिस्तानको काबुल विमानस्थलमा आफ्ना कयौं विमान र सैन्य गाडी छाडेर गएको छ। तर, छाडिएका साधनहरु काम नलाग्ने बनाएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल केनेथ मेकेन्जीले अमेरिकाले ७३ एयरक्राफ्ट ७० बख्तरबन्द गाडी र २७ अन्य ठूला साधनलाई काम नलाग्ने बनाएको हो। उनले भने, 'यी एरक्राफ्ट फेरि कहिले पनि उड्न सक्ने छैनन्, ती साधनलाई कसैले फेरि प्रयोग गर्न सक्दैनन्।'
अमेरिकी सैनिकले काबुल छाडेपछि अमेरिकी पत्रिका लस एन्जेल्स टाइम्सको एक रिपोर्टरले विमानस्थलको एक भिडियो पोस्ट गरेका छन्।
जसमा तालिबान लडाकु विमानस्थलको ह्यांगरमा पुगेर अमेरिकी विमानलाई छोइरहेका छन्।
अमेरिकाले आफ्नो अत्याधुनिक रकेट प्रतिरक्षा सिस्टमलाई पनि निष्क्रिय गरेको छ जसलाई उसले काबुल विमानस्थलमा छाडेको छ।
यसै सिस्टमको प्रयोग गरेर अमेरिकी सेनाले सोमबार इस्लामिक स्टेटको एक रकेट हमलालाई निष्कृय बनाएको थियो।
केही अघि तालिबानी लडाकुहरु अमेरिकामा बनेको सैन्य हतियार र सवारी साधनमा देखिएको बताइएको थियो। तर ति सामग्रीहरु अमेरिकी सेनाले अफगानी सेनालाई दिएको र उनीहरुले आत्मसमर्पण गरेपछि ति हतियार, साधन तालिबानको नियन्त्रणमा पुगेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।