काठमाडौं- संयुक्त राज्य अमेरिकाको सेनाले करिब २० वर्षपछि पूर्ण रुपमा अफगानिस्तान छाडेसँगै तालिबान लडाकुले खुसीयाली मनाएका छन्।
सोमबार राति काबुलबाट अन्तिम अमेरिकी विमानले उडान भरेसँगै तालिबानी लडाकुले खुसीयाली मनाएका हुन्।
बीबीसीका अनुसार तालिबान लडाकुले अन्तिम अमेरिकी विमान उडेसँगै हवाई फायरिङ गर्दै खुसीयाली मनाएका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार, तालिबानका प्रवक्ता कारी युसुफले अमेरिकाको अन्तिम विमानले काबुल छाडेको र आफ्नो देश पूर्ण रुपमा स्वतन्त्र भएको प्रतिक्रिया दिए।
अफगानिस्तानमा विकसित भएको घटनाक्रमका कारण अमेरिका र उसको नेटो सहयोगीले हतारमा देश छाड्नु परेको थियो। तर त्यहाँ हजारौ अफगानी छुटेका छन् जसले अमेरिका र पश्चिमालाई सहयोग गरेका थिए।
राष्ट्रपति जो वाइडेनले विश्वले अफगानिस्तान छाड्न चाहनेलाई सुरक्षित निक्लन दिने तालिबानी प्रतिवद्धतालाई हेरिरहेको बताएका छन्। जो वाइडेनले जुन समय सीमा तय गरेका थिए अमेरिकाले त्यसको एक दिन पहिला नै अफगानिस्तानमा आफ्नो अभियान समाप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।