Photo : AFP
काठमाडौं- युरोपेली संघले अफगानिस्तानका छिमेकी देशहरुलाई तालिबानबाट ज्यान बचाएर भागेका शरणार्थी व्यवस्थापन गर्न आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।
विदेश नीति प्रमुख जोसेप बोरेलले उनीहरुलाई आर्थिक समस्या परेको भन्दै सहयोग गर्न अपिल गरेका हुन्।
‘अफगानिस्तान सम्बन्धी मुद्दाको समाधान गर्न छिमेकी देशहरुले सहयोग बढाउनु पर्छ। हामीले शरणार्थीहरुलाई सहयोग गर्नुपर्छ,’ उनले भने।
उनले देश छाडेर भागेका अफगानीहरु सिधै तेस्रो मुलुक पुग्न नसक्ने पनि बताएका छन्।
‘देश छोडेर भागेका अफगानहरु पहिलो चरणमा रोम पुग्न सक्दैनन्, सायद ताशकन्द (उज्वेकिस्तान) पुग्छन्। हामीले ती देशहरुलाई सहयोग गर्न जरुरी छ जो अग्रपंक्तिमा हुनेछन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।