काठमाडौं- काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर सोमबार रकेट आक्रमण गरिएको छ। अहिलेसम्म विस्फोटबाट जनधनको क्षतिको विवरण नआएको बीबीसीले जनाएको छ। काबुलको सोही विमानस्थलबाट अमेरिकी नागरिकलाई बाहिर निकालिँदै छ। र, उनीहरुले ३१ डिसेम्बरसम्म देश छाड्नुपर्नेछ।
सोमबार विहान सार्वजनिक भएको रिपोर्टहरुका अनुसार अफगानिस्तानको राजधानीको विमानस्थललाई निशाना बनाएर पाँच रकेट आक्रमण भएका थिए। यो रकेट कसले आक्रमण गरेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको बीबीसीले जनाएको छ।
अमेरिकी एन्टी-मिसाइल सिस्टमले यी रकेटलाई निस्जेत बनाइदिएको जनाइएको छ।
आतबार अमेरिकाले शहरमा एक ड्रोन आक्रमण गरेको थियो। अमेरिकी अधिकारीहरुका अनुसार विमानस्थलमा आक्रमण गर्न आउँदै गरेका इस्लामिक स्टेट समूहका एक आत्मघाती आक्रमणकारीको त्यसक्रममा मृत्यु भएको थयो।
यो अमेरिकाको दोस्रो ड्रोन हमला थियो। यसअघि उसले बिहीबार आईएसलाई निशाना बनाकर ड्रोन हमला गरेको थियो। काबुल विमानस्थलको बाहिर आईएसको आत्मघाती हमलामा १७० जनाको मृत्यु भएको थियो जसमध्ये १३ अमेरिकी सैनिक मारिएपछि अमेरिकाले ड्रोन हमला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।