काठमाडौं- अमेरिकाको लुइसियाना प्रान्त आँधीले नराम्रोसँग प्रभावित बनेको छ।
आइडा नामक आँधीका कारण न्यू आलिस शहरमा बिजली गएको छ। चक्रवात जमिनमा ठोकिएसँगै २४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावा चलेको बीबीसीले जनाएको छ। अहिलेसम्म सुरक्षित स्थानमा नगएका नागरिकलाई सुरक्षित स्थानको खोजी गर्न भनिएको छ।
आइडा आँधीलाई शहरमा बाढीबाट रक्षाको लागि परीक्षाको रुपमा लिइएको समाचारहरुमा जनाइएको छ। सन् २००५ मा क्याटरीना आँधीपछि १ हजार ८ सय मानिसको मृत्यु भएको थियो। त्यसपछि बाढीबाट सहरको सुरक्षाका लागि धेरै काम भएका थिए।
अमेरिकी राष्ट्रपति जो वाइडेनले आइडा आँधीबाट ‘जीवन खतरामा पर्न सक्ने’ बताए। उनले समुन्द्र तट बाहेक बाहिरी क्षेत्रमापनि क्षति पुग्न सक्ने भन्दै सचेत बन्न आग्रह गरे।
लुइसियानामा ७ लाख ५० हजार भन्दा धेरै घरमा बिजुली गएको र राष्ट्रपति वाइडेनले बिजुली आउन हप्तौं लाग्नसक्ने बताए।
बिगत दुई दिनमा मेक्सिकोको खाडीमा तातो पानीका कारण आइडा आँधी शक्तिशाली बनेको जनाइएको छ।
आइतबार न्यू आलिसको दक्षिणमा यो समुद्र तटसँग ठोकिएको थियो। यो चौथी श्रेणीको चक्रवात आँधी हहो जसको अर्थ भवनहरु, घर र बिजुलीको लाइनमा गम्भीर तरिकाले क्षति पुर्याउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।