काठमाडौं- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अफगानिस्तानमा आक्रमण जारी राख्ने बताएका छन्।
आइतबार सीबीएस न्यूजसँग कुरा गर्दै आईएसआईएस-के (इस्लामिक स्टेट-खोरासन)सँग बदला लिन आक्रमण जारी राख्ने बताएका हुन्।
‘राष्ट्रपति अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न चाहँदैनन्। तर, हामी हाम्रा कमाण्डरहरुसँग कुरा गर्नेछौं, उनीहरुले हाम्रा सैनिकहरुमाथि हमला गर्ने आईएसआईएस-के (इस्लामिक स्टेट-खोरासन)लाई नष्ट गर्छौं,’ उनले भने।
यसअघि शनिबार अमेरिकी राष्ट्रपति जो वाइडेनले काबुल विमानस्थलमा आफ्ना सैनिकमाथि भएको आक्रमणको बदला लिने चेतावनी दिएका थिए।
बिहीबार विमानस्थल नजिक विस्फोट हुँदा १७० जनाको मृत्यु भएको थियो। मारिनेमा १३ अमेरिकी सैनिक र २ बेलायती नागरिक पनि थिए। बाँकी अफगानी नागरिक रहेको बताइएको छ। आईएसआईएस-के विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।