काठमाडौं- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अझै करिब ३०० अमेरिकी नागरिक उद्धारको पर्खाइमा रहेको बताएका छन्।
अमेरिकी मिडिया संगठन एबीसीसँग कुरा गर्दै अब थोरै नागरिक बाहिर निकाल्न बाँकी रहेको बताएका हुन्।
उनले भने,‘अब हामीसँग ३०० वा थोरै नागरिकहरु बाँकी छन्। हामी उनीहरुलाई धेरै दिनदेखि बाहिर निकाल्ने निरन्तर प्रयास गरिरहेका छौं।’
उनले केही अमेरिकी नागरिकहरु ३१ अगस्टको म्याद सकिएपछि पनि अफगानिस्तानमा बस्ने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।