इस्लामाबाद- पाकिस्तान- अफगानिस्तानसँगको सीमा नजिकको स्थिति ‘सामान्य’ रहेको बताइएको छ। साथै, हजारौं अफगान नियमित रुपमा पाकिस्तान आउने जानेक्रम जारी रहेको अलजजिराका इस्लामाबाद संवाददाता कमल हैदरले जानकारी दिए।
‘पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार देशको पश्चिमी सीमाको स्थिति बिल्कुल सामान्य छ,’ उनले भने।
यसअघि पाकिस्तानले द्वन्द्व चर्किएको छिमेकी देश अफगानिस्तानसँगको खाइबर पख्तुनख्वा प्रान्तस्थित तोर्खाम सीमा पूरै सिल गरेको थियो।
तोर्खाम बोर्डर दुई देशको व्यस्त सीमा नाका हो। यसैबीच, पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले लामो संघर्ष र रक्तपातबाट मुक्त भएको बताएका छन्।
‘अफगानिस्तानमा जसरी परस्थितिहरु विकास भएको छ, त्यहाँ लामो संघर्ष भएको छैन। तालिबान शाब्दिक रुपमा भित्र पसेको छ र त्यसैले हाम्रो सिमानामा शरणार्थी संकट छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।