काठमाडौं- इटालियन कोस्ट गार्ड जहाजमार्फत् समुन्द्री किनारमा माछा मार्ने डुङ्गामा फसेका ५३ आप्रवासीको उद्धार गरिएको छ। यी आप्रवासीहरु अवैधरुपमा लिबियाबाट इटाली आउँदै गरेका थिए। यस प्रयासमा समुन्द्रको बीचमा फसेको इटालिका अधिकारीहरुले बताएका छन्।
उद्धार गरिएका आप्रवासीमध्ये तीन महिला र केही बालबालिका पनि रहेका थिए। दुई इटालियन कोस्ट गार्ड जहाज र एउटा भन्सार डुङ्गामार्फत् भूमध्य सागरदेखि लाम्पेदुजा टापुसम्म समूह-समूह बनाएर उनीहरुको उद्धार गरिएको थियो।
मिडिया रिपोर्टहरुको अनुसार आप्रवासीहरु इटालियन टापु जान लिबियामा धेरै दिन बसेका थिए। त्यस समय त्यहाँ उनीहरुमाथि शारीरिक हिंसा भएको बताइन्छ। इटालियन अधिकारीहरूले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।
इटालियन मिडियाका अनुसार ती आप्रवासीहरुलाई लिबियामा कैदमा राखिएको थियो या थिएन भनेर पनि अनुसन्धान सुरु गरिएको छ।
लाम्पेदुजा टापुका मेयर टोटो मार्टेलोले उद्धार कार्यलाई हालसम्मकै सबैभन्दा ठूलो सफलता भएको बताए। उनका अनुसार गत मेमा एक हजारभन्दा बढी आप्रवासी केही घण्टाभित्र यहाँ आइपुगेका थिए।
लाम्पेदुजा त्यस्तो टापु हो, जहाँ आप्रवासीहरुको एक ठूलो संख्या जोखिमपूर्ण यात्रा गर्दै युरोप प्रवेश गर्दछन्। यो टापु भूमध्य सागरको बीच इटालीको दक्षिण र लिबिया तथा ट्युनिसियाको उत्तरमा अवस्थित छ।
यो टापुमा एक आप्रवासी शिविर पनि छ। जुन लगभग ३०० जनालाई शरण दिन बनाइएको थियो। तर, अहिले त्यहाँ पाँच गुणाभन्दा धेरै आप्रवासीहरु बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।