काठमाडौं- ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भविष्यका लागि आफूसँग तीन विकल्प रहेको बताएका छन्।
बोल्सोनारो धार्मिक नेताहरुसँग जेल, मृत्यु र आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा जित गरी आफूसँग तीन विकल्प रहेको बताएका हुन्।
बोल्सोनारो अहिले ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भासँग निर्वाचनमा पछि परिरहेका छन्।
‘भविष्यको लागि मसँग तीन विकल्प छन्। कि मलाई पक्राउ गरिन्छ, कि हत्या हुन्छ या मैले चुनाव जित्छु,’ उनले भने।
अहिले ब्राजिलमा न्यायपालिका र निर्वाचन आयोगसँग दक्षिणपन्थी नेता बोल्सोनारोको मतभेद चलिरहेको छ। उनले आगामी वर्ष हुने निर्वाचनमा आफ्नो जित हुने दाबी गर्दै आएका छन्।
तर, निरन्तर ब्राजिलको इलेक्ट्रोनिक भोटिङ प्रणालीमाथि पनि उनले प्रश्न उठाउँदै आएका छन्। उनले निर्वाचनको नतिजा अस्वीकार पनि गर्नसक्ने बताएका छन्।
बुधबार ब्राजिलको निर्वाचन आयोग प्रमुखले निर्वाचन प्रणालीमा कुनै किसिमको कमजोरी नरहेको बताइसकेका छन्।
‘हामीसँग एक राष्ट्रपति छ जो निर्वाचन होस् भन्ने चाँहदैनन्। उनी निर्वाचन भड्नका लागि जनतालाई उत्तेजित गर्दै आएका छन्, तर जीवनमा सबै कुराको एक सीमा हुन्छ,’ उनले भने।
यता, सन् २०१८ मा निर्वाचन प्रचारको क्रममा बोल्सोनारोमाथि चक्कु आक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।