Photo : AP
काठमाडौं- तलब माग गर्दै सयौं अफगानिस्तानका सरकारी कर्मचारीले काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरुका अनुसार सरकारले विगत ६ महिनादेखि तलब भुक्तान गरेको छैन।
‘सरकारले काम गरेको ३ देखि ४६ महिनाको तलब अझै भुक्तानी गरेको छैन। त्यसैले बाध्य भएर प्रदर्शनमा उत्रिन परेको हो,’ एक प्रदर्शनकारीले भने।
उनका अनुसार तीन दिन पहिले बैंकहरु खुलेपनि खातामा पैसा हुने कसैले निकाल्न सकेका छैनन्।
‘एटीएमहरु अझै सञ्चालित छन्, तर लामो लाइन बसेर पनि २४ घण्टामा लगभग २०० डलर निकाल्न मात्रै सकिन्छ,’ उनीहरुले भने।
यता,अफगानिस्तानमा कब्जा जमाएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत् काबुल र अन्य प्रान्तका स्वास्थ्य मन्त्रालयमा कार्यरत सबै महिला कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ।
यसअघि सबै महिला कर्मचारीलाई घरबाट बाहिर ननिस्किन तालिबानले उर्दी जारी गरेको थियो। उनले ट्वीटमा अन्य मन्त्रालय अन्तर्गतका विभागमा काम गरिरहेका महिलाबारे केही बोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।