काठमाडौं- भारतको आसाम राज्यका २४३ गाउँ बाढीको कारण डुबानमा परेको छ।
आसाम राज्य प्रकोप ब्यवस्थापन विभागका अनुसार राज्यका ११ जिल्लाहरुमा बाढीका कारण एक लाख ३३ हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्।
तल्लो आसामको बंगाईगाँव र चीरंग जिल्लाहरुमा घरबारविहीनहरुको लागि राहत शिविरहरु सञ्चालन गरिएको छ। जहाँ ६ हजारभन्दा बढी मानिसहरुले आश्रय लिइरहेका छन्।
यसका साथसाथै राज्य आपत् प्रतिक्रिया बलका कर्मचारीहरु स्थानीय प्रशासनसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि खटिएका छन्।
भारी वर्षाको कारण ब्रह्मपुत्र र यसको धेरै सहायक नदीहरुको स्तर बढिरहेको छ।
यसैबीच, केन्द्रीय जल आयोगले आइतबार रातिसम्म ब्रह्मपुत्रको पानीको सतह ४० देखि ६० सेन्टिमिटरसम्म बढ्ने सम्भावना रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।