Photo : AFP
काठमाडौं- अफगानिस्तानको राजधानी काबुलबाट १५४ अफगानीको उद्धार गरिएको छ।
अल्बेनियाली सरकारका अनुसार दुईवटा विमानमार्फत् उनीहरुको उद्धार गरिएको हो। उक्त विमान अल्बानियाको राजधानी तिरानामा अवतरण गराइएको थियो।
एक सरकारी प्रवक्ताका अनुसार एक विमानमा ९५ अफगानी र दोस्रोमा ५९ अफगानी थिए।
तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण पछि दुई घण्टाको दूरीमा रहेको एक क्याम्पसमा उनीहरुलाई लगिएको छ।
उनीहरुलाई अन्य शहरका होटलहरु बन्दोबस्त नमिलेसम्म राखिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।