Photo : Wakil Kohsar/AFP
काठमाडौं- अफगानिस्तानका लागि बेलायती राजदूतले उद्धार कार्य अन्त्य गर्ने समय आएको बताएका छन्।
अफगानिस्तानका लागि बेलायतका राजदूत लौरी ब्रिस्टोले उक्त कुरा बताएका हुन्। उनका अनुसार बेलायतले विगत दुई हप्तामा लगभग १५ हजार अफगान र ब्रिटिश नागरिकहरुलाई उद्धार गरिसकेको छ।
‘यो अपरेशनको यस चरणलाई बन्द गर्ने समय हो। तर, हामी छुटेका केही नागरिकको उद्धार गर्नेछौं,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।