काठमाडौं- काबुल विमानस्थलको बाहिर भएको विस्फोटमा चीनले टिप्पणी गरेको छ। चीनले घटनाको निन्दा गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिअनले पत्रकार सम्मेलनका क्रममा विस्फोटले अफगानिस्तानको सुरक्षा स्थिति देखिएको बताए।
एक पत्रकारले विस्फोटबारे चीनको धारणा माग गर्दै विस्फोटमा चिनियाँ नागरिकमाथि पुगेको क्षतिबारे प्रश्न गरेका थिए।
जवाफमा प्रवक्ता चाओ लिजिअनले भने, “काबुल एयरपोर्टको नजिक भएको विस्फोट जसमा ठूलो मात्रमा जनधनको क्षति भयो त्यसबाट चीन चिन्तित छ र यसको निन्दा गर्छ। विस्फोटले अफगानिस्तानको सुरक्षास्थिति देखाउँछ र परिस्थित जटिल र गम्भीर रहेको स्पष्ट हुन्छ।”
“हामीलाई आशा छ कि सम्बन्धित पक्ष अफगानिस्तानको स्थितिको परिवर्तन सुनिश्चित गर्नका लागि प्रभावकारी उपाय गर्नेछन् र देशमा अफगान नागरिक र विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्नेछन्।”अफगानिस्तानमा अहिलेसम्म चिनियाँ दूतावास र नागरिकमाथि कुनै क्षति नपुगेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।