काठमाडौं- अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूहका सदस्यमाथि हवाइ हमला गरेको छ। अमेरिकी सेनाले इस्लामी समूहका योजनाकारलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ।
बिहीबार काबुल विमास्थलमा हमला गर्नेहरुमाथि आक्रमण गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। विमानस्थलमा भएको आक्रमणमा १७० जनाको मृत्यु भएको जनाइएको छ, जसमा कम्तिमा १३ अमेरिकी सैनिक रहेका थिए।
हमलाको जिम्मेवारी अफगानिस्तानमा आईएसको सहयोगी समूह इस्लामिक स्टेट-खुरासान (आईएसके) ले लिएको थियो।
अमेरिकाले नांगाहार प्रान्तमा ड्रोनबाट यो अप्रेसन गरेको जनाएको छ। आक्रमणबाट आईएसकेका लडाकु मारिएको अमेरिकी दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।