काठमाडौं- टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले अफगानिस्तानको पछिल्लो विकसित अवस्थाबारे प्रष्ट नभएसम्म काबुल विमानस्थल सञ्चालनको जिम्मेवारी नलिने बताएका छन्।
शुक्रबार तालिबानसँग टर्कीका प्रतिनिधिको काबुलस्थित टर्की दूतावासमा तीन घण्टाभन्दा लामो समय बैठक गरेका थिए। बैठकमा उनले विमानस्थल नियन्त्रणमा लिएर चलाउनेबारे ठोस कुराकानी र निर्णय हसन नसकेको बताए।
‘तालिबानले काबुल विमानस्थलको सञ्चालनका लागि हामीसँग निवेदन दिएका छन्। हामीले यस मामिलालाई लिएर अहिलेसम्म कुनै निर्णय लिइसकेका छैनौं,’ उनले भने।
उनले आवश्यक भएमा यस्ता बैठक फेरि पनि बसेर कुरो टुंगोमा पुर्याइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।