काठमाडौं- भारतको असमस्थित डिमा हसउ जिल्लामा एक अतिवादी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
प्रहरीले उक्त हमलामा अतिवादी संगठन डिमासा नेसनल लिबरेसन आर्मी (डीएनएलए) का सदस्यको हात रहेको दाबी गरेको छ।
प्रहरीका अनुसार यो हमला बिहीबार राति साढे ८ बजेतिर बजेदयाङमुख क्षेत्रबाट गइरहेको ट्रकमा भएको हो।
डिमा हसाउका प्रहरी अधिक्षक जयन्त सिंहले भने, ‘यो आक्रमण राति साढे ८ बजे आसपास भएको हो। हामीलाई अहिलेसम्म प्राप्त जानकारीअनुसार पाँच जना शसस्त्र व्यक्तिले यो घटना गराएका हुन्। उनीहरू डीएनएलएका अतिवादी भएको हामीलाई ठूलो शंका छ।’
उनका अनुसार असम राइफल्सका जवानसँग समन्वय गरी प्रहरीले आक्रमणकारी खोजिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।