Photo : Wakil Kohsar/AFP
काठमाडौं- अमेरिकी रक्षा अधिकारीहरुले अफगानिस्तानको काबुल विमानस्थलमा बाहिर एकपटक मात्रै बम विस्फोट गराइएको दाबी गरेको छ।
बिहीबार काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ७९ अफगानी र १३ अमेरिकी सैनिकको ज्यान जानेगरी बम विस्फोट गराइएको थियो।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले नै उक्त विमानस्थल बाहिर दुईपटक बम विस्फोट गराइएको पुष्टि गरेका थिए।
तर, अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले उनको सूचना गलत रहेको बताएका छन्।
‘होटल या त्यस नजिकै दोस्रो विस्फोट गराइयो भन्ने कुरा हामी विश्वास गर्दैनौं। बिहीबार कसरी गलत रिपोर्ट बाहिरियो हामीलाई थाहा भएन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।