Photo : Stringer/Reuters
काठमाडौं- अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विस्फोटमा आफूहरुलाई कुनै क्षति नपुगेको तालिबानले दाबी गरेको छ।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुल विमानस्थल नजिकै बिहीबार राति भएका दुई विस्फोटमा आफूहरुलाई कुनै नोक्सान नभएको पुष्टि गरेका हुन्।
‘बम विस्फोट अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा गरिएको हो। हामीलाई कुनै नोक्सान भएन,’ उनले भने। यस अगाडि अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उक्त बम विस्फोटमा कम्तिमा २८ तालिबान मारिएको दाबी गरेको थियो।
बिहीबार राति काबुल विमानस्थलको बाहिरी क्षेत्रमा भएको दुई बम विस्फोटमा कम्तिमा ९० जना मारिएका थिए जसमध्ये १३ अमेरिकी सैनिक थिए।
इस्लामिक स्टेटका एक सहयोगी संगठनले यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।