काठमाडौं- दक्षिण कोरियाको विदेश मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरि ल्याइएका एक व्यक्तिलाई ‘अस्पष्ट पहिचान’ का कारण काबुल फिर्ता गरिएको जनाएको छ।
योनहापको समाचार एजेन्सीको रिपोर्टका अनुसार, ति ब्यक्तिको पहिचान हुन सकेको थिएन। उद्धार गरिने मानिसको सूचीमा पनि उनको नाम थिएन।
ति ब्यक्ति एक ठूलो समूहका साथ अफगानिस्तानबाट पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका थिए। राजधानी सोलको उडान भन्दा पहिला अधिकारीहरुले ति ब्यक्तिको पहिचानको जाँच गरेका थिए।
मन्त्रालयले भनेको छ, “सेना बोक्ने विमानबाट ति ब्यक्तिलाई फिर्ता काबुल पठाइएको छ र अमेरिकी सेनालाई उनको पहिचानको जाँच गर्न भनिएको छ।”
दक्षिण कोरियामा कुल ३ सय ९० अफगान मानिसलाई पठाइएको छ। जसमा कोरियाली दूतावासका लागि काम गर्नेवाला स्वास्थ्यकर्मी, भोकेशनल ट्रेनर र दोभाषे रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।