काठमाडौं– अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० नाघेको छ।
विमानस्थलमा खटिएका केहीअमेरिकी सैनिकसहित ६० जनाभन्दा बढीले ज्यान गुमाएको समाचारहरुमा उल्लेख छ। विस्फोटमा परी १४० जना घाइते भएको जनाइएको छ।
घटनाको जिम्मा इस्लामिक आतंकवादीले लिएका छन्। अफनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरी विस्फोट गराइएको थियो।
विस्फोटमा केही तालिवान लडाकुसमेत पनि घाइते भएको समाचारहरुमा उल्लेख छ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन्। विमानस्थलमा विस्फोट भएपछि प्रतिक्रिया दिँदै बाइडेनले दोषीहरुलाई जुनसुकै ठाउँबाट खोजेर न्यायको कठघरामा उभ्याइने चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।