Photo : Wakil Kohsar/AFP
काठमाडौं- अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विस्फोटमा परी हालसम्म ५२ जना घाइते भएको तालिबानले दाबी गरेको छ।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुल विमानस्थल नजिकै भएका दुई विस्फोटमा ५२ जना घाइते भएको पुष्टि गरेका हुन्। मुजाहिदका अनुसार सही आँकडा अझै प्राप्त भएको छैन।
यस्तै, काबुलको आपतकालीन अस्पतालले विस्फोट भएको ९० मिनेट भित्र ६० जना उपचारको लागि आएको जनाएको छ। यता, फक्स न्यूजले विस्फोटमा ४ अमेरिकी सैनिकसहित १३ जना मारिएको जनाएको छ।
समाचारमा जनाइएअनुसार बम विस्फोट आतंकवादी संगठन आईएसआईएसले गरेको हो। सुरक्षाका काबुल एयरपोर्टबाट हुने हवाई उडान तत्काललाई बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।